गहिरो श्वास लिनुका फाइदाहरु

रंग नेपाल २०७९ जेठ १७ मा प्रकाशित

दैनिक केही समय गहिरो श्वास लिनाले तपाईंको स्वास्थ र जीवनशैलीमा धेरै सुधार हुन्छ । जब तपाईं चिन्तित या हैरान बन्नुहुन्छ, तब तपाईंको मुटुको धड्कन लगातार छिटो हुन्छ । रगतको प्रवाह तपाईंको मुटु र मस्तिष्कतर्फ बढ्छ ।

यसबाट बच्नका लागि गहिरो श्वास लिने अभ्यास तपाईले दैनिक गर्नुपर्छ । चाहे तनाव होस् वा नहोस् । यसबाट २४ देखि ४८ घण्टामै मन र शरीरलाई आराम मिल्छ । निद्रा राम्रो आउँछ । सबैभन्दा महत्त्वपूर्ण पक्ष रोगसँग लड्ने क्षमता बलियो हुन्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट