६४०० हिरा जडित यो हो विश्वकै महँगो मदिराको बोतल

रंग नेपाल २०७९ जेठ १७ मा प्रकाशित

पछिल्लो समय आधुनिकीकरणसँगै ब्राण्डेड मदिराहरू पिउनु तथा घरमा राख्नु धेरै मानिसका लागि स्टाटस सिम्बोल बनिसकेको छ । सोही कारण दुनियाँमा लाखौं करोडौं पर्ने बोतलबन्द मदिरा उत्पादन हुने गरेका छन् । त्यसमध्ये कतिपय त यति महँगा छन् कि आजसम्म कसैले पनि त्यस्तो मदिरा खरिद गर्ने आँट गरेको छैन ।

टेक्विला ले.९२५ नामक मदिरा संसारको सबैभन्दा महँगो मदिरा हो । यो मदिराको बोतलमा ६४०० वटा हिरा जडित छन् । मेक्सिकोमा सार्वजनिक गरिएको यो मदिराको बोतल हालसम्म कसैले पनि खरिद गर्ने हिम्मत गरेको छैन । त्यसैले यो मदिराको मूल्य अहिलेसम्म थाहा हुन सकेको छैन ।

पौने १२ करोडको भोड्का

संसारको सबैभन्दा महँगो भोड्काको नाम डिभा भोड्का हो । यो भोड्काको हरेक बोतलमा फरक फरक साँचो हुन्छ र त्यसमा स्वरोस्कीको क्रिस्टल राखिएको हुन्छ । यो भोड्काको मूल्य झण्डै पौने १२ करोड रुपैयाँ पर्दछ ।

अढाई करोडको हि्वस्की

डालमोर ६२ नामको ह्वीस्की संसारकै महँगो ह्वीस्की हो । यो ह्वीस्की आजसम्म केवल १२ बोतल मात्रै उत्पादन भएको छ । यो ह्वीस्कीको एक बोतलको मूल्य अझण्डै अढाई करोड रुपैयाँ पर्दछ ।

सबा २ करोडको श्याम्पेन

बर्थडे पार्टी होस् वा अरु कुनै सेलिब्रेसन पछिल्लो समय श्याम्पेन निकै लोकप्रिय बनेको छ । संसारको सबैभन्दा महँगो श्याम्पेनचाहिँ एमान्डा डी ब्रिगनाक मिन्डास हो । यो श्याम्पेनको बोतल निकै ठूलो हुन्छ । यसको एउटा बोतलको मूल्य झण्डै एक करोड ३० लाख रुपैयाँ पर्दछ ।

संसारकै महँगो रेड वाइन

एक बोतल रेड वाइनको मूल्य कति पर्ला ? पेनफोल्ड्स एम्पूल नामक रेड वाइन संसारको सबैभन्दा महँगो रेडवाइन हो ।

यो रेडवाइनको बोतल कलम आकारको हुन्छ । यसको एक बोतलको मूल्य झण्डै १ करोड ९५ लाख रुपैयाँ पर्दछ ।

धेरै पढिएका

पछिल्ला अपडेट