‘बाबरी’को टिजरमा अदिति र धीरको प्रेम

रंग नेपाल २०७९ जेठ १७ मा प्रकाशित

आगामी भदौ ३१ मा रिलिज हुने फिल्म ‘बाबरी’को टिजर सार्वजनिक गरिएको छ । अदिति बुढाथोकी र धीरज मगरको मुख्य भुमिका रहेको फिल्मको टिजरमा धीरज र अदितिको प्रेम देखाउन खोजिएको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा अदिति र धिरजको अलवा बादल भट्ट, कमणमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङलगायत कलाकारको अभिनय छ ।

बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् । फिल्ममा कालीप्रसाद बास्कोटा, सुजन चापागाईँ र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ । 

काठमाडौं, झापा, मोरङ र सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन भएको फिल्म नरेन्द्र मैनालीले छायांकन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट