लोकगायक नविन पौडेलले नचाए दर्शक

रंग नेपाल २०७९ जेठ १७ मा प्रकाशित

चर्चित लोकगायक नविन पौडेलले राजधानीबासी नचाएका छन् । शुक्रबार साँझ स्काई दरबार क्याफेमा आयोजित एक सांगीतिक कार्यक्रममा उनले आफ्ना चर्चित गीत संगीतबाट दर्शक नचाएका हुन् ।  सिंहदरबार मुलगेट अगाडि (बग्गिखाना ट्रायल दिने स्थान) मा शुक्रबार साँझबाट सञ्चालनमा आएको ‘स्काई दरबार क्याफे’ उद्घाटनमा गायक पौडेलले ‘मन परेरै हो’, ‘लेउ खुकुरी लेउ’, ‘के सम्झनु छ र जान्न म त त्यो घर’, ‘फुलेको तोरीलाई’ लगायत गीत प्रस्तुत गर्दा दशक झुमेर नाचेका थिए ।

करिब डेढ घन्टा चलेको कार्यक्रममा हास्य कलाकार एवम् जादुगर राजेन्द्र गिरी ‘गुन्द्रुके’ ले कमेडी तथा जादुका विभिन्न प्रस्तुतिमार्फत दर्शक हँसाए । अभिनेता आमेस भण्डारी, अभिनेत्री खुस्बु खड्का, गायिका एन्जिला रेग्मी, डा.घनश्याम खतिवडा, अभिनेता कृष्ण मल्ल, रविन्द्र खड्का लगायतको कार्यक्रममा  सहभागिता रहेको थियो ।

‘स्काई दरबार क्याफे’ सुभाष खड्काले सञ्चालनमा ल्याएका हन् । प्रति परिकार एकसय रुपैयाँ दिने सुविधासहित क्याफे सञ्चालनमा आएको हो ।  ‘क्याफेमा एकसय परिकारका आइटम छन् । ती सबै सय रुपैयाँका दरले खान पाइने सञ्चालक खड्काले बताए ।

‘आफुले नाफाका लागि भन्दा पनि सेवाका लागि क्याफे सञ्चालनमा ल्याएको उनले जानकारी दिए । क्याफेसँगै तीन हजार क्षमताको स्काई दरबार ब्याङ्केट समेत रहेको छ । जुन खड्काले केही अगाडि सञ्चालनमा ल्याएका हुन् । गायक पौडेलको नयाँ गीत ‘मन परेरै हो मन परेरै हो’ शनिबार सार्वजनिक भएको छ । 

धेरै पढिएका

पछिल्ला अपडेट