मनाइयो अक्षय तृतीया

रंग नेपाल २०७९ जेठ १७ मा प्रकाशित

वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइएको छ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

जौको सातुमा गुड, चिनी, घीउ, दही र सक्खर  मिसाएर सर्वत् बनाई ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वास छ । दान गरेपछि सवपरिवार सर्वत् र सातु खाएर यो पर्व मनाइन्छ । आजका दिन विवाह आदि शुभकामका लागि साइत हेर्नु नपर्ने मान्यता छ । शिव र पार्वतीको विवाह पनि सत्ययुगमा वैशाख शुक्ल तृतीयाकै दिन भएको विभिन्न ग्रन्थमा उल्लेख छ ।

मत्स्य, भविष्यलगायत पुराणग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको सुरुवात् भएको मानिन्छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । परशुरामले नकारात्मक शक्तिको नाश गरी सात्विक गुणको प्रसार गर्नुभएको थियो । यसैले आजको दिनलाई परशुरामजयन्ती भनी मनाउने चलन पनि छ । 

धेरै पढिएका

पछिल्ला अपडेट