डान्सिङ स्टार्स नेपालबाट बाहिरिए भगवती र सुनिल

रंग नेपाल २०७९ जेठ १७ मा प्रकाशित

काठमाडौं । नृत्यमा आधारित नेपाली रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’मा अहिले सेलिब्रिटी र कोरियोग्राफरको ६ जोडी प्रतिस्पर्धामा छन् ।

पछिल्लो एसिपोडमा रेस्लर भगवती खड्का र कोरियोग्राफर सुनिल बिके प्रतिस्पर्धाबाट बाहिरिएका छन् । परमिता राणा, सोनिका रोकाया, धिरज राई, छिरिङ शेर्पा, अमर-अमृत दाहाल र प्रीति आलेको डान्सिङ जोडीबीच प्रतिस्पर्धा भइरहेको छ ।

दर्शक र निर्णायकको मतको आधारमा प्रतिस्पर्धीले अघिल्लो चरणमा प्रवेशको मौका पाएका छन् । दुई महिनादेखि प्रसारण सुरु भएको डान्सिङ स्टार्स नेपालमा यसअघि ६ जनाको जोडी बाहिरिइसकेका छन् ।

कार्यक्रममा गौरी मल्ल, दिलीप रायमाझी र रेनशा राई निर्णायकको रुपमा छन् । निर्देशक लक्ष्मण पौडेलले पछिल्ला एसिपोडलाई दर्शकले रुचाइरहेको बताए । असार १८ गते ग्रान्ड फिनाले हुँदैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट