कान्समा ‘लोरी’लाई स्पेसल मेन्सन अवार्ड

रंग नेपाल २०७९ जेठ १७ मा प्रकाशित

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘लोरी’ ले पुरस्कार जित्न सफल भएको हो । अविनाश विक्रम शाह निर्देशित फिल्मले सर्ट फिल्म विधामा स्पेसल मेन्सन अवार्ड जितेको हो । यो अवार्ड जुरी टिमले फिल्मलाई दिएको हो ।

फेस्टिभलको अन्तिम दिन प्रदर्शन भएको फिल्मले स्ट्यान्डिंग ओभेसन पाएको छायांकार उज्जव बस्ताकोटीले बताए । १ सय ४० देशबाट सहभागी ३५०७ फिल्मबाट ‘लोरी’ले उत्कृष्ट ९ मा ठाउँ बनाएको हो । १४ मिनेट लामो फिल्मले समाजको विद्यमान कुरीति देखाएको छ ।

फिल्ममा अंकिता यादव, प्रीति झा र सरिता शाहको अभिनय छ । कान्सको ७५ औँ संस्करण शनिबार साँझ सकिएको हो । 

धेरै पढिएका

पछिल्ला अपडेट