रुपन्देहीको तिलोत्तमामा युवतीको ‘रहस्यमय’ मृत्यु

रंग नेपाल २०७९ जेठ ३१ मा प्रकाशित

बुटवल, ३१ जेठ । रुपन्देहीको तिलोत्तमामा एक युवतीको मृत्युलाई लिएर मतभेद छाएको छ । तिलोत्तमा नगरपालिका ६ सेमरीचौककी २५ वर्षीय सुविना गिरीको शव झुन्डिएको अवस्थामा फेला परेको परिवारको दाबी छ ।

पति सन्जु गिरीले आफूहरुले सञ्चालन गर्दै गरेको होटलमा राति करिब १ बजे झुन्डिएको अवस्थामा फेला परेको र उद्धार गरी अस्पतालमा लगेको दाबी गरेका छन् । सन्जुले राति २ बजे क्रिमसन अस्पताल मणिग्राममा ल्याउँदा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

यधपि सुविना झुन्डिएको र मृत्यु भएकोबारे वरपर छिमेकीले समेत थाहा नपाएको बताएका छन् । आफन्तले आफैंले कुटपिट गरेर झुन्डाएको बहाना गरेको बताएका छन् । मृतककी फुपु क्षमा गिरीले शरीरभरि नीलडाम भएकाले पतिले मारेको वा झन्डाएको दाबी गरेकी छन् । आफन्तले घटनाको सत्यतथ्य माग गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलले घटनाको प्रारम्भिक अनुसन्धान थालेको छ । क्रिमसनमा राखेको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट