औषधि र भिटामिनमा नयाँ मूल्य राखेर ठगी

रंग नेपाल २०७९ असार ८ मा प्रकाशित

बुटवलका औषधि बिक्री कक्ष (फार्मेसी)मा भिटामिनको नाममा ठगी धन्दा हुने गरेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलले दीपनगरबाट अनधिकृत ‘न्युट्रासिटिकल फुड सप्लिमेन्ट्री’ बरामद गरेको छ । यो भिटामिन जस्तै तत्त्व हो । भिटामिनमा नयाँ मूल्य राखेर बिक्री वितरण गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधि तथा पोषणयुक्त सामग्रीको गोदाम गरेर नयाँ मूल्य राखी बिक्री वितरण गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले उनीहरूको साथबाट २०० कार्टुन विभिन्न प्रकारका प्रशाधन (औषधि) तथा पोषणयुक्त सामग्रीहरू र १ थान प्रिन्टिङ मेसिन बरामद गरेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट