यसकारण शाहरुख ‘ब्रह्मास्त्र’ को प्रचारात्मक गतिविधिमा सहभागी नहुने

रंग नेपाल २०७९ असार ९ मा प्रकाशित

रिलिजको तयारीमा रहेको चलचित्र ‘ब्रह्मास्त्र’ यतिबेला चर्चामा छ । चलचित्रको फस्र्टलुक पोस्टर र ट्रेलर सार्वजनिक भएसँगै यसको कन्सेप्ट, भीएफएक्स, रणवीरको लुकदेखि लिएर चलचित्रमा अभिनेता शाहरुख खानको केमियो रोलले गर्दा अझै चर्चा थपिएको हो ।

रिर्पोटका अनुसार चलचित्रलाई अघि बढाउनका लागि शाहरुखको विशेष भूमिका रहेको बताइएको छ । यद्यपि, सार्वजनिक ट्रेलरमा शाहरुखलाई देखाइएको छैन । शाहरुख ट्रेलरमा मात्रै नदेखिएका होइनन्, चलचित्रको प्रचारात्मक गतिविधिमा पनि सहभागी नहुने बताइएको छ ।

खासमा निर्माण टिमको योजना चलचित्रको प्रचारात्मक गतिविधिमा शाहरुखको उपस्थिति गराउने थियो । यद्यपि, शाहरुखको निर्णयले निर्माण टिमको योजना भताभुंग पारिदिएको छ ।

“ब्रह्मास्त्रका निर्माताले रिलिजअघि धेरै प्रमोसनल गतिविधिको योजना बनाएका छन् । उनीहरू शाहरुख खानलाई ब्रह्मास्त्रको प्रचारका लागि आयोजित कार्यक्रममा सहभागी गराउने सोचमा थिए ।

उहाँ आज भारतका सबैभन्दा ठूला स्टारमध्ये एक हुनुहुन्छ, र उहाँले वर्षाैदेखि यस्तो उपस्थिति देखाउनुभएको छैन । त्यसैले, निर्माण टिमले यो गर्न सक्यो भने चलचित्रको लागि योभन्दा राम्रो अरु हुन नसक्ने सोचिरहेका छन्” एक स्रोतलाई उद्धृत गर्दै बलिउड हंगामाले लेखेको छ ।

तर, अभिनेता खानले निर्माण टिमको अफरलाई अस्वीकार गरेका छन् । शाहरुखले निर्माण टिमको इन्टेन्सन बुझेर आफू यसको प्रचार–प्रसारमा नजाने निर्णय लिएको बताइएको छ । यसका साथै उनी आफ्नो मुख्य भूमिका रहेको कमब्याक चलचित्र ‘पठान’ को प्रचार–प्रसारमा मात्रै जाने योजनामा छन् ।

 

 

धेरै पढिएका

पछिल्ला अपडेट