संजयको फिल्ममा आदित्य र कृति

रंग नेपाल २०७९ असार ९ मा प्रकाशित

 

बलिउडमा निर्देशक संजय लीला भन्सालीको आफ्नै शैली छ । उनले फिल्मलाई भव्य बनाउने गर्छन् । पछिल्लो समय पिरियड ड्रामामा आफ्नो बलियो उपस्थिति देखाइरहेका संजयले नयाँ प्रोजेक्टको तयारी थालेका छन् ।

उनले हिरामंडी नामक वेब सिरिजसँगै फिल्मको काम समेत अगाडी बढाएका छन् । पछिल्लो समय रणवीर सिंह र दीपिका पादुकोणलाई लिएर फिल्म गरिरहेका भन्सालीले नयाँ प्रोजेक्टका लागि आदित्य रोय कपूर र कृति सेननलाई रोजेका छन् ।

माधुरी दीक्षित, ऐश्वर्या राय, दीपिका पादुकोण, आलिया भट्ट पछि भन्सालीले कृतिलाई आफ्नो फिल्ममा कास्ट गर्दै छन् । भन्सालीकै फिल्महरु मार्फत आफ्नो अभिनय क्षमतालाई प्रस्ट्याउन सफल अभिनेत्रीहरूले गर्दा कृतिको भविष्य पनि चम्किने अनुमान गरिएको छ ।

पछिल्लो फिल्म ‘मिमी’ मा समेत अभिनयले दर्शकको मन जितेकी कृति भन्सालीसँग काम गर्न पाउँदा दङ्ग छिन् । सोसल ड्रामा जनरामा फिल्म बन्ने भनिएता पनि अझैँ कथावस्तु बारे प्रस्ट्याइएको छैन ।

धेरै पढिएका

पछिल्ला अपडेट