मेलिना राई र निशान भट्टराईको नयाँ गीत सार्वजनिक

रंग नेपाल २०७९ असार ९ मा प्रकाशित

गायिका मेलिना राई र गायक निशान भट्टराईको मिठासपूर्ण स्वर रहेको गीत ‘ज्योतिषीले भनेको’ सार्वजनिक भएको छ ।

लोक र आधुनिक संगीतको फ्युजन रहेको गीतमा कृति न्यौपानेले संगीत भरेका हुन् । प्रमोद भट्टराईको शब्द रहेको गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन् । गीतमा शब्दमा प्रेम गर्नेहरुलाई भाग्यमा भन्दा पनि संघर्षमा विश्वास गर्न अनुरोध गरिएको छ ।

भिडियोमा मोडलद्वय अनु पराजुली र लोमस शर्माको नृत्य रहेको छ । फर्पिङ आसपासका स्थानमा छायाङ्कन भएको भिडियोलाई विनोद बमले निर्देशन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट