हेर्नुहोस् रणवीर कपूर र सञ्जय दत्त अभिनित ‘शमशेरा’को ट्रेलर (भिडीओ)

रंग नेपाल २०७९ असार १० मा प्रकाशित

बलिउड अभिनेता रणवीर कपूर र सञ्जय दत्त अभिनित फिल्म ‘शमशेरा’को ट्रेलर सार्वजनिक भएको छ।

आगामी जुलाई २२ मा प्रदर्शन हुने फिल्मलाई ऐतिहासिक कथावस्तुमा निर्माण गरिएको छ। फिल्ममा सञ्जय भिलेनको भूमिकामा देखिएका छन्। रणवीर र सञ्जयबीच लडाईंलाई सार्वजनिक ट्रेलरमा देखाइएको छ।

फिल्ममा रणवीर र सञ्जयसँगै वाणी कपूर, आशुतोष राणा, सौरभ शुक्ला र रोनित रोयलगायत कलाकारको अभिनय छ।

यो वर्ष रणवीरको दुई ठूला फिल्म प्रदर्शन हुँदैछ। रणवीर र आलिया भट्ट अभिनित फिल्म ब्रह्मास्त्र यही सेप्टेम्बर ९ मा प्रदर्शन हुँदैछ।

धेरै पढिएका

पछिल्ला अपडेट