रजस्वला हुँदा देखिने समस्याहरुबाट बच्न के गर्ने ?

रंग नेपाल २०७९ असार १० मा प्रकाशित

यस्ता छन् महिलामा हुने रजस्वलाका समयमा देखिने समस्याहरुबाट बच्ने घरेलु उपचार विधि

– बाटुलेपातेको लहरा, जरो वा पातलाई पिसेर त्यसमा मह मिलाई महिनावारी भएको ३ दिनदेखि ६ दिनसम्म खानाले राम्रो फाइदा गर्छ ।

– पीपलको दानाले धुलोमा वा हर्रो, बर्रो, अमलाको धुलोमा मह मिलाई खानाले राम्रो आराम दिन्छ ।

– पाखनवेत, ठूलो औषधि, कालो नियाँलोको जरो, बाटुले पातका लहरा, गुर्जो, दूबो, पीपलको दाना आदिलाई मिलाई धुलो बनाई वा झोल बनाई महमा मिलाएर केही दिन नियमित सेवन गर्नाले रगत बढी बग्ने, सेतो पानी बग्ने, ढाड दुख्ने आदि सबै रोग पूर्ण रुपमा निको हुन्छ ।

– तताएर तातो बनाएको फलामलाई दूधमा ५र६ पटक डुबाउने र उक्त फलाम डुबाइएको दूध खानाले यो रोगबाट मुक्ति मिल्दछ । तर यो क्रमलाई एक हप्तासम्म दोहोर्याइरहनुपर्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट