नेकपा एसमा प्रेम आलेको नयाँ हर्कत

रंग नेपाल २०७९ असार ११ मा प्रकाशित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)मा नयाँ विद्रोह भएको छ ।

आफूहरुलाई सरकारबाट फिर्ता बोलाउने पार्टीले गरेको निर्णयलाई चुनौती दिँदै पर्यटनमन्त्री प्रेम आलेसहितले नयाँ मन्त्रीहरुको नयाँ सूची पेश गरेका छन् ।

पार्टीको निर्णय गरेका नामहरु समावेशी नभएको भन्दै आलेले नयाँ मन्त्रीहरुको नाम बुझाएर अध्यक्ष माधवकुमार नेपाललाई नयाँ चुनौती दिएका हुन् ।

उनले गैर सांसद र गैर समावेशी टिमको विपक्षमा सांसदहरूको समावेशी टिमको नाम सिफारिस गरेको बताइएको छ ।

हट्न लागेका मन्त्रीहरुले नयाँ मन्त्रीका लागि सांसद कृष्णलाल महर्जन, निरा जैरु, धनबहादुर बुढा र हिराचन्द्र केसीको नाम सिफारिस गरेका छन् भने राज्यमन्त्रीका लागि मुगुका सांसद गोपाल बमलाई राज्यमन्त्रीमा सिफारिस गरिएको छ ।

यद्यपि हट्न लागेका अन्य मन्त्रीहरुले भने नयाँ सूची आलेको एकल भएको बताउँदै हस्ताक्षर नगरेको बुझिएको छ ।

पार्टीले भने यसअघि नै जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ, शेरबहादुर कुँवर र हिराचन्द्र केसीको नाम सिफारिस गरिसकेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट