हेर्नुस् मायालु जोडीबीचको प्रेम ‘मायाको कम्पनी’ भिडियोसहित

रंग नेपाल २०७९ असार १२ मा प्रकाशित

काठमाडौँ, १२ असार । विरेन्द्र नौभाग्य र मौसमी गुरुङ्गको फिचरिङ्गमा ‘मायाको कम्पनी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा मायालु जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा समावेश गरिएको छ ।

‘मायाको कम्पनी’ गीतमा मित्र केसी र गायिका आकाक्षा जोसी को स्वर रहेको छ । गीतमा मित्र केसीको शब्द तथा संगीत रहेको छ ।

रोमान्टिक गीतको म्यूजिक भिडियोको छायांकन कोरियाको विभिन्न ठाउँमा गरिएको छ ।

‘मायाको कम्पनी’ गीतको भिडियोलाई देवेन्द्र पुन ले छायाँकन तथा सम्पादक तथा भिडियोमा कलर इजोक मगर मगरले सम्पादन गरेका हुन भने निर्देशन विरेन्द्र नौभाग्यको रहेको छ ।

विरेन्द्र र मौसमीलाई प्रिति लामा/निरज श्रेष्ठ/रामु मगर/सोनु तामाङ/गोकुल हाङ राई/साजन दियालीले फिचरिङ्गमा साथ दिएका छन ।

भिडियोः

धेरै पढिएका

पछिल्ला अपडेट