फिल्म ‘जुगजुग जियो’ मा कुन कलाकारले कति लिए पारिश्रमिक ?

रंग नेपाल २०७९ असार १२ मा प्रकाशित

बलिउड अभिनेता वरुण धवन, कियारा अड्वानी, अनिल कपूर र नीतू कपूर अभिनित फिल्म ‘जुगजुग जियो’ प्रदर्शन भइरहेको छ।

फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिहेको छ भने दर्शकले पनि राम्रो प्रतिक्रिया दिइरहेका छन्। फिल्मले ९ करोड २८ लाख भारतीय रुपैयाँको ओपनिङ गरेको छ। दोस्रो दिनमा फिल्मले १२ करोड ५५ लाख कमाउँदै दुई दिनमा २१ करोड ८३ लाख भारतीय रुपैयाँ कमाएको छ।

पारिवारिक ड्रामा फिल्ममा रोमान्स र कमेडी पनि समावेश गरिएको छ। करिब ६० करोड लगानीमा बनेको फिल्मबाट कलाकारहरूले महँगो पारिश्रमिक लिएका छन्।

जुगजुग जियो का लागि कसको पारिश्रमिक कति :

वरुण धवन

फिल्ममा कुकुको भूमिका निभाउन अभिनेता वरुण धवनले १२ करोड भारतीय रुपैयाँ लिएका छन्।

कियारा आड्वानी

अभिनेत्री कियारा आड्वानीले फिल्ममा नैनाको भूमिका निभाएकी छन् जसको लागि उनले ४ करोड रुपैयाँ पारिश्रमिक लिएकी छन्।

अनिल कपूर

अभिनेता अनिल कपूरले फिल्ममा भीमको भूमिका निभाएका छन्। यसको लागि उनले २ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्।

नीतू कपूर

अभिनेत्री नीतू कपूरले फिल्ममा वरुण धवनको आमा र अनिल कपूरकी श्रीमती गीताको भूमिका निभाएकी छन्। उनले यस फिल्मबाट १ करोड ५० लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएकी छन्।

मनिष पल

कमेडियत तथा अभिनेता मनिष पलले फिल्ममा कियाराको भाइ गुरप्रीतको भूमिका निभाएका छन्। यस भूमिकाको लागि उनले ८५ लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्।

प्राजक्ता कोली

चर्चित युट्युबर प्राजक्ता कोलीले यही फिल्मबाट बलिउडमा डेब्यू गरेकी छन्। उनले फिल्ममा गिन्नीको भूमिका निभाएकी छन् जसको लागि उनलाई निर्माताले ३० लाख भारतीय रुपैयाँ पारिश्रमिक दिएका छन्।

वरुण सूद

वरुण सूदले पनि यसै फिल्मबाट बलिउडमा डेब्यू गरेका हुन्। उनले यस फिल्मको लागि २५ लाख भारतीय रुपैयाँ लिएका छन्।

धेरै पढिएका

पछिल्ला अपडेट