कृष्ण लीलामा समावेश ‘ए मेरो हजुर’ सार्वजनिक (भिडियोसहित)

रंग नेपाल २०७९ असार १२ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘कृष्ण लीला’मा समावेश रहेको गीत ‘ए मेरो हजुर’ सार्वजनिक भएको छ ।

गीतको भिडियोमा नायक पुष्प खड्का र श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ । रवि ओड र सुनिता कार्कीको स्वर रहेको गीतको बाबुल गिरीको संगीत र डा. डीआर उपाध्यायको शब्द छ । गीतको भिडियोमा माइकल चन्दको कोरियोग्राफी, उत्सव दाहालको छायाँकन र सिलन लम्सालको सम्पादन छ ।

मनाङका विभिन्न स्थानका साथै तिलिचो ताल आसपासमा पाँच हजार दुई सय मिटरको उचाइमा यो भिडियोको सुटिङ भएको थियो । निर्देशक दीपक ओली, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह–निर्माता रहेको चलचित्रको लाइन प्रोड्युसरमा रमेश तामाङ छन् । यो चलचित्र भदौ ३ गते प्रदर्शनमा ल्याउने तयारी छ ।

धेरै पढिएका

पछिल्ला अपडेट