साम्राज्ञीको बोल्ड अवतार

रंग नेपाल २०७९ असार १२ मा प्रकाशित

काठमाडौँ । पछिल्लो समय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मिडियाबाट गुमनाम छिन्। विभिन्न विवाद र गसिपपछि मिडियासँग कुरै नगर्ने बताएकी साम्राज्ञी सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानसँग साक्षात्कार गरिरहेकी छिन्।

आफ्नै दुनियाँमा मस्त साम्राज्ञी अहिले प्रेमको उडान भरिरहेकी छन्।​ ​केही समयदेखि एक युवकसँग प्रेममा रहेकी साम्राज्ञी डेटमा रमाइरहेकी छन्।

उनी हिजोआज अधिकांश समय आफ्ना प्रेमीसँग बिताइरहेकी हुन्छिन्। उनले सामाजिक सञ्जालमा आफ्नो बोल्ड तस्बिर पोस्ट गरेकी छन्। साम्राज्ञीले पोस्ट गरेको उनको तस्बिरमा फ्यानले सकारात्मक प्रतिक्रिया दिएका छन्।

धेरै पढिएका

पछिल्ला अपडेट