लोकगायिका दिलमायाको हत्या आरोपमा काभ्रेका सूर्य श्रेष्ठविरुद्ध जाहेरी

रंग नेपाल २०७९ असार १३ मा प्रकाशित

काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या आरोपमा उनका बुबाले सूर्य श्रेष्ठ भनिने खिल बहादुर श्रेष्ठविरुद्ध जाहेरी दिएका छन् ।

दिलमायाका बुबा केशर विकले प्रहरी वृत्त बालाजु पुगेर श्रेष्ठविरुद्ध कर्तव्य ज्यानसम्बन्धि कसुरमा जाहेरी दिएका हुन् ।

आइतबार काठमाडौँको बानियाटारस्थित डेरामा दिलमाया मृत भेटिएकी थिइन् । प्रहरीले घटनास्थलमा उनको मोवाइल फोन पनि भेटिएको जनाएको छ ।

श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

श्रेष्ठ काठमाडौँमा सुन पसल चलाउँदै आएका थिए ।

प्रहरीले दिलमायाको घाँटीमा निलडाम देखिएको जनाएको छ भने श्रेष्ठले शुक्रबार राति दिलमायासँगै रहेको स्वीकारेका छन् ।

दिलमायाको फेसबुकमा आफू जीवनदेखि निराश भएको र मर्न लागेको आशयको स्टाटस पनि फेला परेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट