चलचित्र ‘दोख’को ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ असार १४ मा प्रकाशित

काठमाडौँ । नेपाली चलचित्र दोखको ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा माओवादी सशस्त्र युद्धको समयमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिताको परिवेशलाई प्रस्तुत गरिएको छ।

ट्रेलरले चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने देखिन्छ। अनुप बरालले निर्देशन गरेको चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज मल्ल, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, साजन थापा मगरलगायतको अभिनय छ।

ट्रेलर सार्वजनिकपछि सिने सञ्चारकर्मीहरूसँग बोल्दै निर्देशक बरालले फिल्म २०७२ सालमा सुरु गरे पनि भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन लगायतका कारण सम्पन्न हुन नसकेको बताए। चलचित्र आउँदो असार २४ गते देशभर प्रदर्शन हुँदैछ।

धेरै पढिएका

पछिल्ला अपडेट