नेपालमा कहिले रिलिज हुँदैछ ‘पुष्पा-२’ ?

रंग नेपाल २०७९ असार १४ मा प्रकाशित

काठमाडौँ, १४ असार । सन् २०२२ को सुरुवाती ६ महिना बलिउडभन्दा दक्षिण भारतीय फिल्म बक्स अफिसमा प्रभावशाली रहे । ‘आरआरआर’ र ‘केजीएफ २’ले बक्स अफिसमा कीर्तिमानी कमाइ गरेसँगै साउथ फिल्मप्रतिको आकर्षण थप बढेको छ ।

अब दर्शकको नजर साउथका आगामी फिल्मप्रति परेको छ । केही ठूला फिल्मको प्रदर्शन मिति घोषणा भएको छ जसले नेपाली बक्स अफिसमा पनि स्वभाविक रुपमा प्रभाव पार्नेछन् । साउथका यी ठूला फिल्मको रिलिज मिति हेरेरै नेपालमा पनि मिति तय गर्ने सम्भावना हुन्छ ।

अल्लु अर्जुनको फिल्म ‘पुष्पा द राइज’ले बक्स अफिसमा तहल्का मच्चाइदियो । पहिलो भागको सफलतापछि दोस्रो भाग अर्थात् ‘पुष्पा द रुल’ सन् २०२३ मा रिलिज हुने तयारीमा छ । यो फिल्मको बजेट ४०० करोड भारु बताइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट