‘छक्का पन्जा’  टिमबाट अलग्गिए जितु, नयाँ फिल्म बनाउँदै

रंग नेपाल २०७९ असार १४ मा प्रकाशित

काठमाडौँ । छक्का पन्जा टिमबाट अलग्गिएका जितु नेपालले नयाँ फिल्म बनाउने भएका छन्। फिल्मको छायांकन दशैंपछि हुने जितुले जानकारी दिए।

‘अहिले हामी फिल्म बनाउने कि भन्ने सोचेका मात्र हौं। कस्तो कथामा फिल्म बनाउँदा राम्रो हुन्छ भनेर छलफल गरिरहेका छौं। हामी पहिलो चरणमा छौं। दशैंपछि गर्नुपर्ला भन्ने योजना मात्र हो ।’

फिल्म गर्ने भनेर मात्र हुँदैन, सबै कुरा मिल्नुपर्छ। दर्शकलाई त फिल्म मनपर्छ कि पर्दैन थाहा हुँदैन तर आफूलाई मनपर्ने फिल्म बनाउनुपर्छ। उनले थपे, यस फिल्मलाई दिनेश डिसीले निर्देशन गर्ने तयारी छ। फिल्मको निर्देशनको लागि डिसीसँग छलफल भइरहेको जितुले बताए।

धेरै पढिएका

पछिल्ला अपडेट