फिल्म ‘के घर के डेरा’ को ३३ दिनमा सकियो छायांकन

रंग नेपाल २०७९ असार १४ मा प्रकाशित

काठमाडौँ । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को छायांकन सकिएको छ । फिल्मको मंगलबार (आज) बाट छायांकन सकिएको हो ।

निर्देशक खनालले सामाजिक संजाल मार्फत फिल्मको इन्डक्ल्याप गरिएको जानकारी दिएका छन् । फिल्मको छायांकन ३३ दिनमा सकिएको हो । काठमाडौंमा विभिन्न स्थानमा गरिएको फिल्म छ ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।

फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकार मुख्य भूमिकामा छन् । युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्मको निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट