सुरक्षा पन्तको ‘बुलाकी’ कात्तिक १८ गते प्रदर्शनमा आउने

रंग नेपाल २०७९ असार १५ मा प्रकाशित

काठमाडौँ । कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृतिक समेटिएको फिल्म ‘बुलाकी’ आगामी १८ कात्तिकमा प्रदर्शनमा आउने भएको छ ।

धान दिवसको अवसर पारेर निर्माण युनिटले फिल्मको रिलिज मिति सार्वजनिक गरेको हो । टोपेन्द्र विष्टको निर्माण र लक्ष्मण सुनारको रहेको फिल्ममा स्व. मोति विष्ट प्रस्तुतकर्ता छन् ।

डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट