हेर्नुस् टिमुर खानुका फाइदै-फाइदा, यी ६ रोगहरुबाट बचाउँछ !

रंग नेपाल २०७९ असार १७ मा प्रकाशित

काठमाडौँ । टिमुर विशेष गरि अचारको रुपमा प्रयोग गरिन्छ । दाना वा धुलोको रुपमा यसको प्रयोग गरिन्छ । टिमुरको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छ ।

यसको गर्मी वा जाडोको दुवै समयमा प्रयोग गरिन्छ । खासगरी नेपाली खानाको रुपमा रहेको टिमुर पछिल्लो समय विश्वभरी नै लोकप्रिय बन्दै गइरहेको छ ।

टिमुर खानुका निकै फाइदाहरु रहेका छन् । यसले ६ वटा रोगहरुबाट बचाउने बताइन्छ ।

हेर्नुस् टिमुर खानुका फाइदाहरुः

१. टिमुरले हिमाली क्षेत्रमा यात्रा गर्दा लेक लागेको ठिक हुन्छ ।

२. टिमुरले दाँत दुखेको निको पार्ने ,शक्ति दिने ,जरो, अजिर्ण, हैजा आदी समस्याहरुबाट मुक्ति दिन्छ ।

३. टिमुर आँखा कम देख्नहरु र न्युन रक्तचाप भएका व्याक्तिलाई अचुक औषधी हुन्छ ।

४. टिमुरले हात खुट्टा मर्किएको , टाउको दुखेको र पिनास पनि निको पार्छ ।

५.टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि फाइदाजनक हुन्छ ।

६. टिमुरले क्यान्सरको सम्भावना कम गर्ने , पेटको जुका मार्ने र भोक लाग्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट