प्रेमीकी श्रीमती र छोरी कुट्ने मन्त्री बिमलालाई बचाउन मुख्यमन्त्री नै सक्रिय

रंग नेपाल २०७९ असार १८ मा प्रकाशित

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई बचाउन मुख्यमन्त्री कुलप्रसाद केसी सक्रिय छन् ।

मन्त्रीबाट राजीनामा गराए पनि मन्त्री वलीलाई दाङ तुलसीपुरका प्रेमी भनिएका एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीलाई कुटपिट गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले दाङमै राख्न खोजेपछि मुख्यमन्त्री केसीको दवावमा बुटवल लगिएको थियो ।

यस घटनाका विषयमा छानबिन गर्न सरकारी तहबाटै चलखेल भइरहेको छ ।

जेठ ३१ मा बस्नेतको घरमा गएर उनी नभएको बेला वलीले आतंक मच्चाएकी थिइन् ।

उनी सरकारी सुरक्षासहित गए वितण्डा गरेकी थिइन् ।

एकराजकी श्रीमती मिनाले आफू र छोरीमाथि कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । तर प्रहरीले जाहेरी लिन मानेको छैन ।

मुख्यमन्त्री केसीले घटनाको छानबिन गर्न भन्दै सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा मन्त्री रमा घर्ती र महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदीसहितको समिति गठन गरेका थिए ।

तर समितिलाई १५ दिनमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएका थिए । यद्यपि समितिले हालसम्म पनि प्रतिवेदन पेश गरेको छैन ।

यसमा पनि मुख्यमन्त्री केसीकै दवावका कारण प्रतिवेदन नबुझाइएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट