दीपक-दीपाले दर्ता गरे ‘श्री माग्ने राजा’ शीर्षकमा नयाँ फिल्म

रंग नेपाल २०७९ असार २० मा प्रकाशित

काठमाडौँ । चलचित्र विकास बोर्डमा दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ फिल्म ‘श्री माग्ने राजा’को शीर्षक दर्ता भएको छ । जेठ १७ गते यो शीर्षक दर्ता भएको बोर्ड स्रोतले जानकारी दियो । फिल्मको कलाकारमा दीपक-दीपासहित निर्मल शर्माको नाम पनि उल्लेख छ ।

डेढ करोड रुपैयाँ बजेट बताइएको फिल्मलाई आमा सरस्वती मुभिजले निर्माण गर्ने भएको छ । तर निर्माता एवं अभिनेता गिरीले ‘छक्का पञ्जा ४’ पनि बोर्डमा दर्ता भइसकेकाले कुन फिल्मको पहिला छायांकन सुरु हुन्छ भन्ने कुरा यकिन नभएको बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट