गायिका शर्मिला बर्देवाको यो मुटुको’ गीत सार्वजनिक

रंग नेपाल २०७९ असार २० मा प्रकाशित

लण्डन‍ । लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएकी गायिका शर्मिला बर्देवाको नयाँ गीत ‘यो मुटुको’ सार्वजनिक भएको छ।

युवा गीतकार रवी मल्लले लेखेका र युवा संगीतकार कल्याण सिंहको संगीतमा रहेको यो मुटुको बोलको गीत शनिबार गायिका बर्देवाको आफ्नै युट्युब च्यानलबाट रिलिज गरिएको हो।

शर्मिला बर्देवा अफिसियल युट्युब च्यानलबाट रिलिज भएको यो मुटुको म्युजिक भिडियो निर्देशन भने बेलायतमै बसोबास गर्दै आएका कलाकार तथा नृत्य निर्देशक प्रभु गुरुङले गरेका छन्। भिडियोमा सलिना थापामगर र सरोज केसी लगायत सुदेश गौचन र नरबहादुर गुरुङको समेत अभिनय रहेको छ।

धेरै पढिएका

पछिल्ला अपडेट