सलोन र शिल्पाको फिल्म ‘मिलन’ तिहारमा रिलिज हुने

रंग नेपाल २०७९ असार २० मा प्रकाशित

काठमाडौँ । ६ महिनाअघि छायांकन सकिएको यो फिल्मको डबिङ पनि सकिएको छ । फिल्ममा सलोन र शिल्पासहित कुशल ठकुरी, शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल लगायतको मुख्य भूमिका छ ।

त्रिकोणात्मक कथावस्तुमा आधारित फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । राईले यसअघि फिल्म मट्टीमाला र माया पिरिम निर्देशन गरिसकेका छन् । ‘मिलन’मा पटकथा पनि उनैले लेखेका हुन् ।

काठमाडौं र दोलखाको कालिञ्चोकमा छायांकन गरिएको यो फिल्मका निर्माता प्रवीण थापा हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट