प्रेमीसँग अस्पताल गएर जाँच गराउँदा गर्भमा ४ बच्चा रहेको थाहा भएपछि…

रंग नेपाल २०७९ असार २० मा प्रकाशित

गर्भसँग जोडिएको समस्या झेलिरहेकी एक महिलाले एकैपल्ट गर्भमा ४ बच्चा पाएकी छन् ।

अमेरिकाकी ३५ वर्षीया एश्ले नेस ४५ वर्षीय प्रेमी वेलसँग स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकी थिइन् । अस्पतालमा अल्ट्रासाउन्ड गराउँदा गर्भमा ४ बच्चा हुर्किरहेका थाहा भयो । उनको गर्भमा २ छोरा र २ छोरी छन् ।

गूड मर्निङ अमेरिका न्युजसँग कुराकानी गर्दै एश्लेले एकैपल्ट ४ बच्चा गर्भमा रहेको थाहा पाउँदा खुशी लागेको बताइन् । उनी आगामी अक्टोबरमा बच्चा जन्माउने छिन् तर एकैपल्ट ४ बच्चा जन्माउने जोखिम छ ।

आर्थिक अवस्था कमजोर रहेका कारण एश्लेकी साथी लीसा पटरले सहयोग संकलन अभियान सञ्चालन गरेकी छन् । अभियानबाट ११ लाख रुपैयाँ सहयोग संकलन भएको छ । एश्ले हेयर ड्रेसरको काम गर्छिन् भने उनका प्रेमी मेकानिक हुन् ।

दुवैको आर्थिक अवस्था धेरै राम्रो छैन । अस्पतालको खर्च जुटाउन सहयोग संकलन अभियान सञ्चालन गरिएको छ ।

 

धेरै पढिएका

पछिल्ला अपडेट