चर्चित र्‍यापर लाहुरेले ल्याए ‘बिरामी’

रंग नेपाल २०७९ असार २१ मा प्रकाशित

काठमाडौँ । चर्चित र्‍यापर लाहुरे अर्थात् आशिष रानाले ‘बिरामी’ बोलको र्‍याप गीत सार्वजनिक गरेका छन्।

मंगबार काठमाडौंमा एक कार्यक्रम गर्दै र्‍याप गीत सार्वजनिक गरिएको हो। गीतमा लाहुरेकै स्वर तथा शब्द रहेको छ।

रोहित शाक्यको संगीत तथा निर्देशन रहेको भिडिओमा लागुऔषधमा फसेका लाहुरेकै कथालाई देखाइएको छ। लागुऔषधमा फस्ने व्यक्तिलाई बिरामीको स‌ज्ञा दिइएको छ।

भिडिओमा लागुऔषध प्रयोगकर्ताको रुपमा उत्तम राई देखिएका छन्। भिडिओमा लाहुरे, सुभम बोहोरा र सुजित सञ्जित लगायतको अभिनय छ।

धेरै पढिएका

पछिल्ला अपडेट