गायक अर्जुन पन्तको स्वरमा मौलिक गीत ‘बुढी पीडित’ सार्वजनिक (भिडियो)

रंग नेपाल २०७९ असार २२ मा प्रकाशित

काठमाडौँ । गायक अर्जुन पन्त र गायिका जमुना पौडेल लामिछानेको स्वरमा रहेको मौलिक गीत ‘बुढी पीडित’ सार्वजनिक भएको छ ।

गीतमा बालकलाकार सगुन आचार्य र अपर्ण परियार समेतको स्वर रहेको छ । गीतमा गायक अर्जुनकै शब्द तथा संगीत रहेको छ ।

मौलिक लोक लयमा आधारित गीत भएको कारणले पनि आमदर्शक तथा स्रोतले मन पराउनेमा आशावादी रहेको गीतका सर्जक अर्जुन पन्तले बताए । एम थापाले गीतलाई एरेन्ज गरेका छन् ।

निशान एस के ले नै निर्देशन गरेको म्यूजिक भिडियोमा सुरविर पण्डित, जुना कार्की, अर्जुन पन्त, मन्जु तामाङ्ग र बालकलाकारहरु सगुन शाही, सुदिप बत्सयाल, भुमिका बत्सयाल र अपर्ण परियार ‘जिरे’ले अभिनय गरेका छन् ।

नविन गिरीको छायांकन गरेको म्युजिक भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् ।

भिडियोः

धेरै पढिएका

पछिल्ला अपडेट