बहुचर्चित गीत ‘सोचे झैं जिन्दगी रैनछ’ की गायिका मधुले गरिन् विवाह, संगीत छोडेर अष्ट्रेलिया जाँदै

रंग नेपाल २०७९ असार २२ मा प्रकाशित

काठमाडौँ । बहुचर्चित गीत ‘सोचे झैं जिन्दगी रैनछ’ की गायिका मधु क्षेत्रीले विवाह गरेकी छन् ।

उनले अष्ट्रेलियामा बस्ने प्रेमीसँग केही दिन अघि विवाह गरेकी हुन् ।

उनीहरुले कुनै समारोहविना कोर्ट म्यारिज गरेका हुन् । यो उनको दोस्रो विवाह हो ।

मधु अघिल्लो श्रीमानसँग डिभोर्स गरेर १५ वर्षदेखि एकल जीवन बिताइरहेकी थिइन् ।

उनले अब विवाहसँगै संगीत क्षेत्र छोड्ने तयारी गरेकी छन् । उनी अब आनन्दको पारिवारिक जीवन अष्ट्रेलियामा बिताउने सोच छिन् ।

यद्यपि श्रीमान र परिवारसँगै एकपटक अन्तिम गीत गाउने उनको चाहना रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट