कार्तिक ४ मा ‘के घर के डेरा’ रिलिज हुने

रंग नेपाल २०७९ असार २३ मा प्रकाशित

काठमाडौँ, २३ असार । दीपेन्द्र के. खनालको निर्देशित पछिल्लो फिल्म ‘के घर के डेरा’ ४ कार्तिकमा रिलिज हुने भएको छ । बुधवार साँझ एक कार्यक्रम गर्दै निर्माण युनिट प्रदर्शन मिति घोषणा गरेका हुन् ।

अब यो मितिमा ‘के घर के डेरा’ सहित ४ फिल्म रिलिज हुने भएको छ । जसमा ‘नालापानी’, ‘दुई नम्बरी’ र ‘प्रसाद २’ समेत रहेका छन् ।

फिल्म ‘के घर के डेरा’ को छायांकन गत सातामात्र सकिएको हो । यो मितिमा आउने भनिएको दीपेन्द्र निर्माता रहेको फिल्म ‘पर स्त्री’ को रिलिज भने सरेको छ । ‘पर स्त्री’ अव १९ फागुनमा रिलिज हुने समेत कार्यक्रममा जानकार दिइयो ।

धेरै पढिएका

पछिल्ला अपडेट