सौगात मल्लले छाडे ‘एक्स १’

रंग नेपाल २०७९ असार २३ मा प्रकाशित

काठमाडौँ । घोषणा भएको लामो समयसम्म निर्माण कार्य सुरु नभएको फिल्म ‘एक्स १’ को चर्चा भने भइरहन्छ।

कहिले कलाकार प्रवेशले त कहिले कलाकारले फिल्म छोडेका विषयले चर्चा पाइरहन्छ। यसैबीच फिल्ममा अनुबन्धित भएका सौगात मल्लले पनि यो फिल्म छाड्ने भएका छन्।

फिल्मको छायांकन फेब्रुअरीमै सुरु हुने कार्य तालिका थियो। तर अहिलेसम्म छायांकन सुरु नभएपछि सौगातले फिल्म छाडेका हुन्। सौगातसँगै फिल्मका लागि ज्यान बनाउन जिमखाना गएका पुष्प खड्का र अनमोल केसी पनि फिल्म छायांकन नभएपछि दोधारमा परेका छन्।

धेरै पढिएका

पछिल्ला अपडेट