काठमाडौँँ । जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको सोसल-कमेडी ड्रामा फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी बीआर प्रोडक्सनले फस्टलुक सार्वजनिक गर्दै कात्तिक २५ गतेलाई रिलिज मिति घोषणा गरेको हो ।
सार्वजनिक फस्टलुकमा जितु र साम्राज्ञी चित्रित छन् । फस्लुकमा दुवै कलाकार विवाह उत्सवको मुडमा देखिन्छन् । ‘छक्कापञ्जा’ सिरिजपछि जितुको यो पहिलो बाहिरी फिल्म हो ।
वरिष्ठ चिकित्सक तथा गीतकार समेत रहेका भोला रिजालका छोरा कपिल रिजालले फिल्म निर्देशन गरेका हुन् । फिल्ममा ‘कबड्डी’ फेम्ड विजय बरालको समेत मुख्य भूमिका छ ।