‘वर एण्ड वधु’ छायांकनका लागि आँचल र हिमेश उडे रोमानिया

रंग नेपाल २०७९ असार २४ मा प्रकाशित

काठमाडौँ । प्रेम र विवाहको कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘वर एण्ड वधु’को छायांकन शनिबारदेखि युरोपेली मुलुक रोमानियामा हुने भएको छ । फिल्म छायांकनका लागि आँचल शर्मा र हिमेश पन्तको कलाकार टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

टर्किस एयरलाइन्सबाट रोमानिया प्रस्थान गरेको टोलीमा नृत्य निर्देशक कविराज गहतराज र सहअभिनेत्री सृष्टि खड्का समेत छन् । निर्देशक मिलन चाम्स, अभिनेता विवेक कर्माचार्य र छायांकार सुदीप बराल गत साता नै त्यसतर्फ लागिसकेका छन् ।

१५ दिन रोमानियाको राजधानी बुकारेस्टमा फिल्मको छायांकन हुने जनाइएको छ । रोमानिया पुगेका नेपालीको कथावस्तु समेटेर त्यहाँ फिल्मांकन गर्न लागिएको हो । त्यसपछि नेपालमा छायांकन तयारी छ ।

धेरै पढिएका

पछिल्ला अपडेट