विदेशिनेहरुको कथामा बन्यो ‘परदेशी २’ 

रंग नेपाल २०७९ असार २४ मा प्रकाशित

काठमाडौँ । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को टिजर सार्वजनिक भएको छ । सात वर्षअघिको व्यावसायिक सफल फिल्म ‘परदेशी’ को सिक्वेलको टिजरमा नेपाली युवापुस्तामाझ हुर्किएको अमेरिकी सपनाले सामाजिक सम्बन्धमा पारेको असरको कथा देखाइएको छ ।

यही फिल्मबाट अभिनयमा डेब्यु गरेका गायक प्रकाश सपूतलाई मुख्य भूमिकामा चित्रण गरिएको फिल्म उनकै वरपर घुम्छ । अघिल्लो श्रृंखलामा मुख्य भूमिकामा देखिएका पूर्व इण्डियन आइडल प्रशान्त तामाङ पनि फिल्ममा छन् ।

परदेश पुगेकाहरूको कथा–व्यथालाई प्रस्तुत गरिएको टिजरमा प्रेम, वियोग, संवेदना, द्वन्द्व र गीतको मिश्रण छ । दिलीप रायमाझी, केकी अधिकारी र वर्षा राउत समेत टिजरमा छन् । फिल्मले टिजरमार्फत आगामी असोज १४ गतेलाई प्रदर्शन मितिको रुपमा समेत घोषणा गरेको छ ।

https://youtu.be/sIavUDgxvQQ

धेरै पढिएका

पछिल्ला अपडेट