प्रकाश सपुतको ‘परदेशी-२’ को टिजर सार्वजनिक

रंग नेपाल २०७९ असार २५ मा प्रकाशित

काठमाडौँ । गायक, गीतकार, संगीतकार तथा म्युजिक भिडियो निर्देशक, अभिनेताको रुपमा बेग्लै पहिचान बनाएका प्रकाश सपुतको पहिलो फिल्म ‘परदेशी-२’को ‘टिजर’ सार्वजनिक भएको छ।

नारायण रायमाझीको निर्देशनमा बनेको फिल्मको टिजर शुक्रबार यूट्युब मार्फत सार्वजनिक गरिएको हो। फिल्ममा नेपालीहरूको अमेरिका मोहको चित्रण गरिएको टिजरमा देख्न सकिन्छ। फिल्ममा प्रकाश मुख्य भूमिकामा देखिँदैछन्। रमेश बिजीको कथामा बनेको फिल्म रिमा इन्टरटेन्मेन्टले निर्माण गरेको हो।

फिल्ममा प्रकाश बाहेक दिलिप रायमाझी, केकी अधिकारी, वर्षा सिवाकोटी, देवेन्द्र बब्लु, निर शाह, रमा थपलिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। अघिल्लो फिल्मका मुख्य नायक प्रशान्त पनि ‘केमियो’ रोलमा देखिनेछन्। फिल्म दशैँको छेको पारेर असोज १४ देखि प्रदर्शनमा आउनेछ।

https://youtu.be/sIavUDgxvQQ

धेरै पढिएका

पछिल्ला अपडेट