लण्डनमा ‘लन्डन टु पेरिस’ को छायांकन सुरु

रंग नेपाल २०७९ असार २५ मा प्रकाशित

काठमाडौँ । निर्देशक घनश्याम लामिछानेले नयाँ फिल्म ‘लन्डन टू पेरिस’ को छायांकन सुरु गरेका छन् । ‘पञ्चेबाजा’ रिलिज भएको पाँच वर्ष पश्चात् उनले लण्डनमा फिल्मको शुभ मुहूर्त गर्दै छायांकन सुरु गरेका हुन्।

फिल्मका प्रमुख कलाकारहरू साम्राज्ञी आरएल शाह, निश्चल खड्का, गरिमा शर्मा र कबीर खड्काले मुहूर्त सट दिएका थिए । निश्चल र गरिमाको यो डेब्यू फिल्म हो ।

फिल्मको छायांकनका लागि चार जना कलाकारको टोली हालै लण्डन प्रस्थान गरेको थियो । निर्देशक लामिछानेसहितको टोली भने केही हप्ता अगाडि नै छायांकनको चाँजोपाँजो मिलाउन लण्डन पुगिसकेको थियो । ट्राभल लभ स्टोरीको कथामा निर्माण हुन लागेको फिल्मको सम्पूर्ण छायांकन बेलायत हुँदै फ्रान्समा सकिनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट