फिल्म ‘प्रेमगन्ज’को तेस्रो गीत ‘समय’ सार्वजनिक

रंग नेपाल २०७९ असार २५ मा प्रकाशित

काठमाडौँ । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको फिल्म ‘प्रेमगन्ज’को तेस्रो गीत ‘समय’ रिलिज भएको छ । गीतमा फिल्मका मुख्य कलाकार बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन र सुप्रिया खनाल फिचर्ड छन् ।

स्याड शैलीको गीत तेज गिरिको दृष्टिकोणबाट प्रस्तुत भएको छ । गीतले एउटा कालखण्डमा नजिक रहेका उनीहरू अर्को कालखण्डमा भेट हुँदाको परिस्थितिलाई प्रस्तुत गरेको छ ।

निर्देशक परिच्छेद सेनका अनुसार फिल्ममा दुई कालखण्डको प्रेमकथा देख्न सकिन्छ। तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन् ।

फिल्मको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने फिल्म भदौ ३ गते नेपाललगायत भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट