‘कबड्डी ४’ले ४२ दिनमा कति कमायो ?

रंग नेपाल २०७९ असार २६ मा प्रकाशित

 

काठमाडौँ । ‘कबड्डी ४’ ले ४२ दिनमा नेपाल बक्स अफिसमा २२ करोड ७३ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यो कलेक्सन नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने ‘बाहुबली २’को कुल आम्दानी भन्दा अझै साढे २६ लाख रुपैयाँले कम हो ।

तर कबड्डीको चौथो श्रृंखलाले सबैभन्दा धेरै कमाउने घरेलु फिल्मको कीर्तिमान चाहिं कायम गरेको छ । ‘कबड्डी ४’ले छैटौं सातासम्म मोफसलबाट १० करोड ५ लाख ९७ हजार ४८० रुपैयाँ ग्रस र काठमाडौं उपत्यकाबाट १२ करोड ६७ लाख ५६ हजार ३६५ रुपैयाँ ग्रस कमाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट