ज्योती गुरुङको ‘मेरो ड्याडी’मा सुनिता र सुप्रिमको स्वर (भिडियो)

रंग नेपाल २०७९ असार २६ मा प्रकाशित

काठमाडौँ । गीतकार ज्योती गुरुङद्वारा लिखित ‘मेरो ड्याडी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जेजी क्रियशन युट्युब च्यानलमार्फत गीत बजारमा आएको हो ।

गीतमा गायिका सुनिता दुलाल र बाल गायक सुप्रिम मल्ल ठकुरीको स्वर रहेको छ । गंगाराज राईको संगीत रहेको गीतमा राजु कार्कीले संगीत संयोजन गरेका छन् ।

किङ्ग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा राजु कार्कीले मिक्सिङ एण्ड मास्टरिङको काम गरेका छन् ।

गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल सारिका केसीलाई फिचरिङ गरिएको छ । भिडियोमा मौसम हिमालीको निर्देशन रहेको छ ।

नवराज उप्रेतीले छायाँकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठले सम्पादन गरेका हुन् ।

राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको भिडियोमा सिमोन लामाले कलर गरेका हुन् ।

भिडियोः

धेरै पढिएका

पछिल्ला अपडेट