आलियाले बच्चा जन्माउन हतार गरिन् भन्नेलाई रणवीर के दिए जबाफ ?

रंग नेपाल २०७९ असार २७ मा प्रकाशित

मुम्बई । बलिउडका लोकप्रिय जोडि हुन् आलिया भट्ट र रणबीर कपूर । यो जोडी केही महिनाअघि मात्र वैवाहिक जीवनमा बाँधिएको छ । यो जोडि अब छिट्टै आमा–बाबुसमेत बन्दैछ ।

अभिभावक बन्ने निश्चित भएपछि आलिया र रणबीर दुवै निकै उत्साति छन् । प्रायः अभिनेत्रीहरु आमा बनेपछि आफ्नो अभिनय करियरबाट टाढिन थाल्छन् । त्यसैले अहिले आलियाका प्रशंसकहरुमा पनि एउटा कौतुहलता जागेको छ । के आलिया आमा बनेपछि फिल्ममा काम गर्न छाड्ने छिन् ?

यसको जवाफ रणबीर कपूरले यसरी दिएका छन् । भखर्रै दिएको एउटा अन्र्तवार्तामा रणबीरले कुरा गर्दै आलिया बलिउडकी व्यस्त अभिनेत्री भएकाले बच्चाकै कारण उनले आफ्नो सपनालाई नत्याग्ने बताए ।

‘बच्चा जन्मिएपछि पनि हामी दुबैले हाम्रो व्यक्तिगत तथा व्यवसायिक जीवनलाई सन्तुलित बनाउँदै लैजाने योजना बनाएका छौं, रणबीर भन्छन् – ‘मानिसले आलिया करियरको पिकमा भएको समयमा आमा बन्दैछिन् भनेर प्रतिक्रिया जनाएका छन् ।

आलियाले कहिले पनि आमा बन्ने कुरामा वादविवाद गरिनन्, यो मलाई थाहा छ । हामीले यसलाई भगवानका तर्फबाट हामीलाई दिएको सुन्दर उपहारको रुपमा लिएका छौं, जसका लागि हामी आभारी छौं ।’

धेरै पढिएका

पछिल्ला अपडेट