सर्ट फिल्म ‘समय र सम्बन्ध’ सार्वजनिक

रंग नेपाल २०७९ असार २८ मा प्रकाशित

काठमाडौँ । सर्ट फिल्म ‘समय र सम्बन्ध’ रिलिज भएको छ। डिएआर मुभिजको अफिसियल युट्युब च्यानल मार्फत छोटो फिल्म सार्वजनिक गरिएको छ।

सेलिब्रेटी नेपालले निर्माण गरेको सर्ट फिल्ममा उत्तम अधिकारीले निर्देशन रहेको छ। संचारकर्मी रघुनाथ सापकोटाले कथा रहेको यस फिल्मको पटकथारसंवाद सुजन खतिवडाले लेखेका हुन्।

१२ मिनेट लामो यस फिल्मले समय दिन नसक्दा सम्बन्धमा आउन सक्ने समस्याहरूलाई प्रस्तुत गरेको छ। जति नै व्यस्त भएपनि सम्बन्धमा समय दिनुपर्ने यस सर्ट फिल्मको सन्देश हो।

धेरै पढिएका

पछिल्ला अपडेट