‘पोइ पर्‍यो काले’को सिक्वेल बन्ने भयो ‘पोइ पर्‍यो बुढो’

रंग नेपाल २०७९ असार २८ मा प्रकाशित

काठमाडौँ । २०१९ मा प्रदर्शनमा आएको फिल्म ‘पोइ पर्‍यो काले’को सिक्वेल निर्माण हुने भएको छ। फिल्मको निर्माण पक्षले कमेडी ड्रामा रहेको उक्त फिल्मको सिक्वेल निर्माणको घोषणा गरेको हो। सिक्वेलको नाम ‘पोइ पर्यो बुढो’ हुने फिल्मका निर्माता किरण नेपालीले जानकारी दिएका छन्।

निर्माता नेपालीका अनुसार फिल्मको निर्माण पक्षले ‘पोइ पर्‍यो काले’को सिक्वेल ‘पोइ पर्यो बुढो’लाई विकास बोर्डमा दर्ता गराइसकेको छ। फिल्मको सिक्वेल निर्माणमा पक्कापक्की भए पनि कुन भूमिकामा को देखिने भन्ने विषयमा भने हालसम्म कुनै निर्णय नभएको बताइएको छ।

धेरै पढिएका

पछिल्ला अपडेट