गायक केतन क्षेत्रीको ‘पन्छी’ सार्वजनिक

रंग नेपाल २०७९ असार २९ मा प्रकाशित

काठमाडौँ । गायक केतन क्षेत्रीले ‘पन्छी’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा रमेश लुइँटेलको शब्द छ भने हेमन्त शिशिरले संगीत दिएका छन् ।

गीतको भिडियोमा कलाकारिता क्षेत्रको यथार्थ नबुझी देखासिकीमा लागेर कलाकार बन्न खोजिरहेकी एक महिलाको कथालाई चित्रण गरिएको छ ।

मुनाल शिशिर कोइरालाले निर्देशन गरेको भिडियोमा दिक्पाल कार्की, दीपेश परियार, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट