सुदनको स्वर र दिग्गजको शब्दमा ‘अम्रीका’ सार्वजनिक

रंग नेपाल २०७९ असार ३० मा प्रकाशित

काठमाडौँ । सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड डान्सिङ भर्सनको ‘अम्रीका’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो डिभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको कथामा आधारित छ ।

यस गीतमा स्वर सुदन गैरे र मेलिना राईको रहेको छ भने शब्द दिग्गज धौरालीको रहेको छ । सुवास भुषालले संगीतबद्द गरेको यस गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन् । भिडियोमा पवन सुस्लिङको छायाँकन रहेको छ भने दिन्शन शाहको सम्पादन रहेको छ ।

गम्भीर बिष्टको कोरियोग्राफी रहेको भिडियो गणेश शाहीको निर्देशनमा तयार पारिएको हो । भिडियो गायक गैरेको युट्युव च्यानल ‘एसजी मेलोडी’मार्फत् सार्वजनिक गरिएको हो । गायक गैरे लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट