टेलिचलचित्र ‘माया’ सार्वजनिक

रंग नेपाल २०७९ असार ३० मा प्रकाशित

काठमाडौँ । प्रज्ञा फिल्मस्को ब्यानरमा बनेको टेलिचलचित्र माया सार्वजनिक भएको छ । टेलिचलचित्रमा जातीय भेदभावको कथावस्तुलाई समेटिएको छ ।

यो एउटा नितान्त पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र हो । साँचो प्रेम गर्नेहरुका लागी जातभातले रोक्नुहुन्न, विभेद अन्त्य हुनपर्छ भन्ने मूल सन्देश दिन खोजिएको माया टेलिचलत्रिका लेखक तथा निर्देशक सरोज दाहालले बताउनुभयो ।

टेलिचलचित्रमा प्रज्ञा जोशी, रश्मि भट्ट, आरजे सिंह, सरोज दाहाल, रमेश अधिकारी, राजाराम गौतम, मुना भण्डारी, रबिना बस्ताकोटी, प्रिया वाइबालगायतका कलाकारको अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट